Newslaya Home

​विराटनगरमा आइसिटी एक्स्पो २०१८ हुने

बुधबार १४, कार्तिक २०७५

विराटनगर । विराटनगरमा पहिलोपटक आइसिटी एक्स्पो २०१८ आयोजना हुने भएको छ । एजुकेशन, टेक्नोलोजी र इनोभेसनको स्लोगन सहित एक्सपो हुन लागेको हो । 

लिभिङ विथ आइसिटीले पुस ६ गतेदेखि १० गतेसम्म एक्स्पो आयोजना गर्न लागेको हो । 

एक्स्पोमा सूचना प्रविधि क्षेत्रका पछिल्ला आविष्कारहरु, प्रडक्ट र सेवाहरु प्रदर्शनमा रहनेछन् । विराटनगर स्थित जैन भवनमा आयोजना हुने एक्स्पोमा १ सयभन्दा बढि स्टलहरु रहने बताइएको छ । 

५० प्रतिशत कर्मशियल आइटी प्रडक्ट तथा सेवाहरुको स्टल रहनेछन् भने ५० प्रतिशत स्टलहरु आइटी शिक्षा, इनोभेसन, स्टार्टअप, रोबोट, गेमिङ जोन सहितका साइन्स एक्जिविसनमा केन्दि«त हुने आयोजकले जानकारी दिएको छ । 

नेपालमा प्रविधि क्षेत्रकै सबैभन्दा ठूलो आइसिटी अवार्डसमेत आयोजना गरिरहेको लिभिङ विथ आइसिटीले विगत ७ वर्षदेखि सूचना प्रविधिमा आधारित म्यागजिन प्रकाशन गरिरहेको छ । 

कार्यक्रममा स्थानिय निकायहरुलार्इ समेटेर डिजिटल गभर्नेन्स र स्मार्ट सिटी सम्बन्धी वर्कसप, कन्फ्रेन्स समेत सञ्चालन हुने लिभिङ विथ आइसीटीका सञ्चालक राजन लम्सालले जानकारी दि ।

काठमाण्डौं सहित प्रदेश १ र २ का २ लाखभन्दा बढिले उक्त प्रदर्शनीको अवलोकन गर्ने आयोजकले विश्वास लिएको छ । एक्स्पोमा स्टल तथा स्पोन्सर बुकिङ खुल्ला गरिएको छ ।