Newslaya Home

​फेसबुकले गर्यो लाखौँ फलोअर्स भएका अकाउन्ट बन्द

मङ्गलबार १३, कार्तिक २०७५

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले लाखौँ फलोअर्स भएका केही फेसबुक अकाउन्टहरु बन्द गरेको छ ।

इरानबाट सञ्चालित ती फेक अकाउन्टहरुमा १० लाखभन्दा धेरै फलोअर्स रहेका बताइएको छ । फलोअर्समध्ये धेरैजसो अमेरिका र बेलायतका थिए ।

एक ब्लग पोष्टमा कम्पनीले फेसबुक र इन्स्टाग्रामबाट ८२ वटा पेज, ग्रुप र अकाउन्टहरुलाई पनि हटाएको छ जसका प्रयोगकर्ताहरुले आफूलाई अमेरिकी वा बेलायती नागरिक भएको दाबी गरेका थिए ।

ती फेसबुकमा रंगभेद सम्बन्धी टिप्पणी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धका लेखलगायतका विभिन्न सामग्रीहरु शेयर गर्ने गरिएको थियो ।

फेसबुकले हटाएका कूल अकाउन्टको संख्या १० लाखभन्दा धेरै रहेको बताइएको छ ।

ती अकाउन्टहरु इरानबाट चलाइएको फेसबुकको दाबी छ । तर ती अकाउन्टको सम्बन्ध इरान सरकारसँग रहे नरहेको चाहिँ खुलासा भएको छैन ।