Newslaya Home

​सावधान, विदेशी नम्बरबाट आएको मिस्डकल नफर्काउनु

सोमबार १२, कार्तिक २०७५

काठमाडौं । तपाईको मोबाइलमा नचिनेको विदेशी नम्बरबाट ‘मिस्ड कल’ आइरहेको छ छ भने सावधान । बिर्सेर पनि कल नउठाउनुहोला । महत्वपूर्ण कल होला भनेर ती नम्बरमा कल फिर्ता नगर्नूस्, तपाईको ब्यालेन्स गुम्न सक्छ ।

विदेशी ठगहरुले पैसा कमाउन मिस्ड कल गरेका हुन् । ती विदेशी नम्बरमा कल फिर्ता गर्दा मोबाइलको धेरै ब्यालेन्स काटिन सक्छ । 

विदेशी नम्बरबाट आएको कल फिर्ता गर्दा एक÷दुई सेकेन्डमात्र कुरा गर्दा पनि मोबाइलको ब्यालेन्स स्वात्तै काटिने गरेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । नचिनेका त्यस्ता नम्बरमा ‘कल ब्याक’ नगर्न प्राधिकरणले सचेत गराएको छ ।

प्राधिकरणले पोल्याण्ड, मलेसिया, अमेरिका, जर्मनी, दक्षिण सुडान, साउदी अरेयिबा लगायत देशबाट आएका त्यस्ता कललाई विशेष ध्यान दिन आग्रह गरेको छ ।