Newslaya Home

​नेपाल लाइफको बोनस धेरै, कसको कति ?

आइतबार ११, कार्तिक २०७५

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिशेयर ६२ देखि ८२ रुपैयाँसम्म बोनस लगानीकर्ताहरुलाई दिने गरेको छ । यो दर अन्य बिमा कम्पनिहरुको भन्दा धेरै रहेको बिमा समितिले जानकारी दिएको छ । 

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल०को बोनसदर प्रतिवर्ष ६१ देखि ७५ रुपैयाँसम्म रहेको छ । त्यस्तै नेशनल लाइफ इन्स्योरेन्सका बोनसदर प्रतिवर्ष ६० देखि ८१ रुपैयाँ रहेको छ भने एशियन लाइफ इन्स्योरेन्सको बोनसदर प्रतिवर्ष ४१ देखि ८५ रुपैयाँसम्म रहेको छ । 

सूर्या लाइफ इन्स्योरेन्सको बोनसदर प्रतिवर्ष ३८ देखि ८३ रुपैयाँ, प्राइम लाइफ इन्स्योरेन्सको ३५ देखि ७५ रुपैयाँ, अमेरिकन (मेट) लाइफ इन्स्योरेन्सको ३५ देखि ६० रुपैयाँ छ । सबैभन्दा कम बोनसदर गुराँस लाइफ इन्स्योरेन्सको रहेको छ । इन्स्योरेन्सको बोनसदर प्रतिवर्ष २९ देखि ७६ हजार रुपैयाँसम्म रहेको छ ।