Newslaya Home

​खाली पेटमा नखानुहोस यस्ता खानेकुरा

आइतबार ११, कार्तिक २०७५

स्वास्थ्य रहनका लागि स्वस्थकर खाना खानु आवश्यक हुन्छ । तर कुनै पनि खाना खाने उचित समेत हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । त्यसैले खाली पेटमा नखानुहोस् यस्ता खानेकुराहरुः

१. मसालेदार खानाः खाली पेटमा मसालेदार खाना खानु हुदैन् । यसमा प्राकृतिक एसिड हुने भएकाले खाना पचाउने प्रक्रियालाई बिगार्ने गर्छ । यसका कारण पेटमा समस्या देखिने गर्छ ।

२. कफीः खाली पेटमा कफीको पिउनु निकै घातक हुन्छ । कफीमा क्याफिन हुन्छ जसले गर्दा  पेटमा नराम्रो असर पार्ने गर्छ । केही कुरा खाएसी मात्र कफी खाने गर्नुपर्छ । 

३.केराः खाली पेटमा केरा खाँदा शरिरमा म्याग्रिशियमको मात्रा धेरै बढ्न जान्छ । जस्ले गर्दा शरिरमा क्याल्सियम र म्यागनिशियमको मात्रा असन्तुलन हुन जान्छ । 

४.सुगरः खाली पेटमा गुलियो चीज खाँदा शरिरमा डायबिटिज बढाने गर्छ । त्यसैले खाली पेटमा पानी पिएर केही खानु उपयुक्त हुन्छ ।

५.टमाटरः टमाटरमा अधिक मात्रामा एसिड हुन्छ । यसलाई खाली पेटमा खाँदा अघुलनशिल जेल निर्माण गर्ने काम गर्छ । जसका कारण पेटमा स्टोन निर्माण हुन्छ । 

६.एल्कोहलः रक्सी खाली पेटमा रक्सीको सेवन गर्नाले स्वास्थ बिगार्ने काम गर्छ । यसले पेटमा जलन हुने समस्या देखाउँछ ।