Newslaya Home

​बेलायतमा फेसबुकलाई पाँच लाख पाउण्ड जरिवाना

शुक्रबार ०९, कार्तिक २०७५

काठमाडौं । बेलायतमा सामाजिक सञ्जाल फेसबुकलाई पाँच लाख जरिवाना हुने भएको छ । प्रयोगकर्ताको विवरण गोप्य राख्न नसकेको भन्दै बेलायती सरकारले फेसबुकमाथि ५ लाख पाउण्ड जरिवानाको निर्णय गरेको हो । 

विहीबार बेलायतको इन्फरमेसन कमिस्नर अफिस (आईसीओ)ले फेसबुकमाथि उक्त जरिवानाको निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । 

आईसीओले १ लाखभन्दा बढी प्रायोगकर्ताहरुको विवरणहरु फेसबुकबाट चुहिएको बताएको छ । साथै उक्त विवरणहरुको दुरुपयोग भएका निष्कर्ष निकालेको छ ।