Newslaya Home

​सुनसरीमा गाँजा फँडानी अभियान, दुई हजार बढी बोट नष्ट

बिहीबार ०८, कार्तिक २०७५

इनरुवा । सुनसरी प्रहरीले सुनसरीका विभिन्न ठाउँमा गाँजाको बोट नष्ट गर्ने अभियान थालेको छ । 

सुनसरीका विभिन्न स्थानमा उम्रिएका गाँजाका बोटहरु नष्ट गरेको हो । सो क्रममा तीन दिनमा दुई हजार बढी गाँजाका बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

प्रहरीको टोलीले गढी गाउँपालिका २ को झोरा टोल र वडा नं. ५ को सत्यझोरा टोलको घरघरमा लगाइएको दुई हजार बोट गाँजा नष्ट गरेको छ । यस्तै वडा नं. २ को यादव टोलमासमेत तीन सय बोट गाँजा नष्ट गरेको छ । 

यस्तै प्रहरीले कोशी गाउँपालिकाको वडा नं. ४ को खत्वे टोल र ७ मा रहेको मेहता टोलबाट समेत डेढ सय बोट गाँजा नष्ट पारेको छ ।

व्यवशायिक रुपमा नै गाँजा खेती गरिएको भने नपाइएको प्रहरीले जनाएको छ ।