Newslaya Home

​एप्पल र सामसुङमाथि लाग्यो ५० लाख युरो जरिवाना, यस्तो छ कारण

बिहीबार ०८, कार्तिक २०७५

काठमाडौं । अमेरिकी कम्पनी एप्पल र दक्षिण कोरियाली कम्पनी सामसुङलाई कारवाहीमा हुने भएको छ । सफ्टवेयर अपडेटबाट आफ्ना मोबाइल डिभाइसलाई स्लो बनाएको आरोपमा एप्पल र सामसुङमाथि जनही ५० लाख युरो जरिवानाको फैसला गरेको हो ।

इटालीको एन्टी ट्रस्ट सम्बन्धी नियामक निकायले एप्पल र सामसुङमाथि कारवाहि गर्ने फैसला गरेको हो । त्यस्तै मोबाइलमा ब्याट्रीलाई कसरी जोगाउने तथा फेर्ने भन्ने विषयमा प्रयोगकर्तालाई प्रष्ट जानकारी नगराएको आरोपमा थप ५० लाख युरो जरिवाना गरिएको हो ।

एप्पल तथा सामसुङले आफ्ना पूराना मोडेलका ह्याण्डसेटमा उपलब्ध गराएको सफ्टवेयरका कारण मोबाइल सेटहरु निकै स्लो भएको र यसबाट कम्पनीहरुले प्रयोगकर्तालाई नयाँ मोबाइल किन्न बाध्य पारेको गुनासो इटालियन मोबाइल फोन प्रयोगकर्ताहरुले गर्दै आएका थिए ।

उपभोक्ताको यस्तो गुनासोमाथि सुनुवाइ गर्दै इटालीको उपभोक्ता हीत सम्बन्धी नियमाक निकायले एप्पल र सामसुङमाथि कारवाही गरेको हो । 

ती कम्पनीहरुले सफ्टवेयर अपडेटबारे प्रयोगकर्तालाई पर्याप्त जानकारी नगराएको पनि उसको ठहर छ ।