Newslaya Home

​पत्रकारको शवका टुक्रा राजदूतको घरको बगैँचामा भेटियो

मङ्गलबार ०६, कार्तिक २०७५

काठमाडौं । इस्तान्बुलस्थित साउदी राजदूतको घरको बगैँचाबाट  अमेरिकी पत्रिका वासिङ्गटन पोस्टका पत्रकार जमाल खसोग्गीको शवका टुक्रा बरामद भएको छ। 

पत्रकार खसोग्गीको हत्या २ अक्टोबरमा इस्तान्बुलस्थित साउदी महावाणिज्य दूतावास कार्यालयमा भएको थियो । 

खसोग्गी टर्कीमा रहने आफ्नी गर्लफ्रेन्डसँग बिहे गर्न चाहन्थे। यसका लागि आवश्यक प्रक्रिया पुरा गर्न उनी २ अक्टोबरमा इस्तान्बुलस्थित साउदी महावाणिज्य दूतावास गएका थिए । त्यसपछि उनी बेपत्ता थिए । २० अक्टोबरमा साउदी अरबले खसोग्गीको हत्या स्वीकारेको थियो । 

टर्कीको पत्रिकार हुर्रियत डेली न्यूजका अनुसार खसोग्गी साउदीका राजकुमार मुहम्मद बिन सलमानको आलोचना गर्थे । यसैकारण उनको हत्या भएको हो । 

टर्कीका राष्ट्रपतिका अनुसार हत्यामा सामेल साउदीका १८ सदस्यीय दलको पनि खुलासा भइसकेको छ। उनीहरूलार्इ साउदी अरबमा पक्राउ गरिएको छ। प्रमाण र जानकारी अनुसार खसोग्गीलार्इ कठोर यातना दिएर क्रुरतापूर्वक ज्यान लिएको थियो ।