Newslaya Home

​​इटहरी प्रिमियर लिगको तयारी तिब्र

मङ्गलबार ०६, कार्तिक २०७५

इटहरी । इटहरीमा कार्तिक ८ गतेदेखी हुन लागेको अण्डर १९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रीकेट प्रतियोगिताको लागि तयारी तीव्र पारिएको छ ।

इटहरी क्रिकेट एकेडेमिको आयोजनामा हुन लागेको क्रीकेट प्रतियोगिताको लागि पिच तथा अन्य तयारीहरु तिब्र भइरहेको हो । 

क्रीकेट प्रतियोगिता बिहान कार्तिक ८ गतेदेखी ८ बजे नेपाल डिभिएम ग्लोबल स्कुलको खेल मैदानमा हुने छ । भने प्रतियोगितामा नेपालका प्रमुख टिमहरु काठमार्डौ, विराटनगर, भैरहवा, इटहरी लगायतका टिम सहभागि हुनेछन् । 

त्यस्तै  प्रतियोगितालाई लिगकम नकआउटको आधारमा खेलाईनेछ ।