Newslaya Home

​मोरङको उर्लाबारीबाट लागूऔषध सहित भारतीय नागरिक पक्राउ

मङ्गलबार ०६, कार्तिक २०७५

मोरङ । लागूऔषध सहित प्रहरीले सोमबार एक युवकलाई पक्राउ गरेको छ । 

उर्लाबारी नगगरपालिका–६ स्थित मावा खोला पुलबाट भारत घर भई हाल उर्लाबारी–६ बस्ने २५ वर्षीय बिजय पोहरा लागूऔषदसहित पक्राउ परेका हुन् । 

शंकास्पद अवस्थामा बसिरहेका पोहरालाई चेकजाँच गर्ने क्रममा लागूऔषध डाईजेपाम–९ एम्पुल, फेनारगन–९ एम्पुल  र लुपिजेसिक–८ एम्पुल र नगद रु १७ हजार ३ सय ९५ रुपैँया बरामद गरेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखि थप अनुसन्धान भइरहेको छ ।