Newslaya Home

मोरङ प्रहरीले लियो मापसेमा परेका ३८१ जनाको परीक्षा

मङ्गलबार ०६, कार्तिक २०७५

विराटनगर । मादक पदार्थ सेवन गरि सवारी चलाउने चालकलाई मोरङ प्रहरीले पुनः परिक्षा लिन थालेको छ ।
मापसे गरेर सवारी चलाउनेलाई कारबाही र सचेतनास्वरूप पुनः परीक्षा दिनेको संख्या मोरङमा ५५० नाघेको मोरङ प्रहरीले जनाएको छ। 

मोरङ प्रहरीले गत असोज २३ गतेदेखि मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई कारबाही र सचेतना स्वरुप परीक्षा लिन थालेको थियो। सोहीअनुसार रातको समय वा दिउँसोको समयमा मादक पदार्थ सेवन गर्ने ५५९ जनालाई प्रहरीले कारबाहीको दायरामा ल्याएको छ। 

त्यसमध्ये ३८१ जनाले परीक्षामा सहभागी भएका छन् र ३६४ जनाले पास गरेका छन्।  मोरङ प्रहरीले प्रत्येक दिन जिल्ला प्रहरी कार्यालय मोरङमा बिहान ९ बजेदेखि लिखित र जुनसुकै बेला अनलाइनमार्फत परीक्षा लिने व्यवस्था मिलाएको छ।