Newslaya Home

​गाईले बाली खाएको निहुँमा छिमेकीको कुटपिटबाट एकको ज्यान गयो

आइतबार ०४, कार्तिक २०७५

ताप्लेजुङ । छिमेकीको कुटपिटबाट ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवामा एक जनाको ज्यान गएको छ । 

गाईले बाली खाएको निहुँमा विवाद हुँदा कुटपिट भएको थियो । गम्भीर घाइते भएका ३५ वर्षीय प्रताप लिम्बुको उपचारका लागि सदरमुकामतर्फ ल्याउँदै गर्दा बाटैमा मुत्यु भएको हो ।

गाउँका २–३ जनाको समूहले मदिरा सेवन गरी लिम्बुलाई कुटपिट गरेका थिए ।  घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।