Newslaya Home

​रणविर दीपिकाको विवाह नोभेम्बरमा

आइतबार ०४, कार्तिक २०७५

मुम्बई । अभिनेता रणवीर सिंह र दीपिका पादूकोणले अर्को महिना विवाह गर्ने भएका छन् । ट्वीटरबाट आइतबार विवाह गर्ने खबर सार्वजनिक गरेका यी जोडिले हिन्दी र अंग्रेजीमा लेखिएको निमन्त्रणा सन्देश ट्वीटरबाट सार्वजनिक गरेका छन् । उनीहरुले निमन्त्रणा सन्देशमा लेखेका छन्, 

‘‘हामीलाई यो कुरा भन्न धेरै खुसी लागेको छ की हाम्रो परिवारको आशिर्वादले हाम्रो विवाह १४ र १५ नोभेम्बर, सन् २०१८ मा हुँदैछ।
यतिका वर्षसम्म तपाईहरुले हामीलाई जसरी माया र स्नेह दिनुभयो त्यसको लागि हामी आभारी छौँ, हाम्रो शुरु हुन लागेको प्रेम, मित्रता र विश्वासको यो शुभ यात्राको लागि हामी तपाईकोे आशिर्वादको कामना गर्द छौँ।’
धेरै धेरै माया
– दीपिका र रणवीर


 ‘गोलियो की रासलिला– रामलिला’ को छायांकनदेखि उनीहरुले एकले अर्कालाई मन पराउन थालेका हुन् । उनीहरुले आफ्नो प्रेम सम्बन्धको बारेमा तीन वर्षसम्म मुख खोलेनन् । 

उनीहरु इटलीमा सँगै भेटिएपछि उनीहरुको विवाह हुन लागेको हल्ला चलेको थियो ।