Newslaya Home

​नयनराज पाण्डेको ‘यार’ लाई पद्मश्री पुरस्कार

आइतबार ०४, कार्तिक २०७५

काठमाडौ । साहित्यकार नयनराज पाण्डेको संस्मरणात्मक कृति ‘यार’ ले पद्मश्री पुरस्कार २०७४ जितेको छ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले आइतबार ‘यार’ सर्वोत्कृष्ट मनोनयनमा परेको घोषणा गरेको हो ।

प्रतिष्ठानले दिने पद्मश्री साधना सम्मानबाट साहित्यकार डा. तारानाथ शर्मा पुरस्कृत हुने भएका छन् । दुबै पुरस्कारको राशी दुई–दुई लाख रुपैयाँ रहेको छ ।

यसअघि यो पुरस्कारबाट राष्ट्रकवि माधव घिमिरे, आख्यानकार मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी, आख्यानपुरुष ध्रुवचन्द्र गौतम, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य र वरिष्ठ साहित्यकार बैरागी काइँला पुरस्कृत भइसकेका छन् ।