Newslaya Home

​बाबुले छोराहरुलाई झुण्ड्याएर आफूपनि झुण्डिए

आइतबार ०४, कार्तिक २०७५

सिमरा । बारामा आफ्ना दुई छोराको हत्या गरी बाबुलेसमेत आत्महत्या गरेका छन् ।  औराहस्थित शान्तिटोलका ४२ वर्षीय सुरेन्द्र रामले ५ वर्षीय छोरा सुविन र ३ वर्षीय छोरा विपिनलाई झुन्ड्याएपछि आफूले पनि झुन्डिएर आत्महत्या गरेका हुन् । 

दुई छोरा र सुरेन्द्रलाई घरको कोठामा झुन्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 
मदिरा सेवन गरेर कुटपिट गर्न थालेपछि सुरेन्द्रकी पत्नीले उनलाई छाडेर गएकी थिइन् । सुरेन्द्रले आफ्नी आमालाई पनि कुटपिट गर्ने गरेका थिए । 

आफ्ना दुई नातिलाई भेट्न सुरेन्द्रकी आमा घरमा आउने गरेकी थिइन् । सधैंजसो आइतबार बिहान घरमा पुग्दा तीनै जना झुन्डिएको अवस्थामा देखेपछि उनले चिच्याउँदै छिमेकीलाई खबर गरेकी थिइन् ।