Newslaya Home

​यस्तो छ टिकटकको रामकहानी : सबैभन्दा लोकप्रिय चिनियाँ एप

आइतबार ०४, कार्तिक २०७५

एजेन्सी । धेरै मोबाइल प्रयोगकर्ताको लागि टिकटप आम एप बनेको छ । अरुका अभिनय हेर्न र आफ्नो देखाउन यो एउटा सजिलो माध्यम बनेको छ । टिकटकमा भिडियोको भ्यु, लाइक र साथीको संख्यामा समेत प्रतिष्पर्धा हुन थालेको छ । 

यो एप चीनबाट सुरु भएको हो । दुई वर्षको समयमा यो एपका आधा अर्बभन्दा बढी प्रयोगकर्ता भइसकेका छन् । जसमध्ये ४० प्रतिशत चीनबाहिरका रहेका छन् । 

बेइजिङमा रहेको स्टार्टअप बाइटडान्सले शुरु गरेको टिकटक एपले आफूलाई भिन्नरुपमा उभ्याउन सफल भएको छ ।

सेन्सर टावरका अनुसार विश्वभर डाउनलोड भएका शीर्ष १० एप मध्ये तीन सामाजिक सञ्जालको भिडियो एप थियो । त्यसमध्ये दुईवटा बाइटडान्सको टिकटक र भिगो थियो । अर्को थियो, फेसबुकको इन्सटाग्राम ।

बाइटडान्सको सफलताले ठूला बाइटडान्सले ठूला लगानीकर्ताहरु आकर्षित गरिरहेको छ । पछिल्लो समय टेक किङमेकर सफ्टबैंकले लगानीको लागि छलफल गरिरहेको छ  । यसपछि कम्पनीको मूल्य ७५ अर्ब डलर पुग्ने अनुमान गरिएको छ । जबकी पछिल्लो वर्ष यसको मूल्य करिब २० अर्ब डलर मात्र थियो ।

यो कम्पनी चीनमा चर्चित न्युज एप जिनरी टाउटियाओ वा ‘टुडेज् हेडलाइन्स’ का लागि चनिन्छ । यो उसले सन् २०१२ मा लञ्च गरेको थियो ।

यो एपको हाल २४ करोड मासिक प्रयोगकर्ता रहेका छन् भने उनीहरुले हरेक दिन औसत ७४ मिनेट यो एपमा बिताउने गरेका छन् ।

बाइटडान्सले शुरुमा नै विश्वबजारमा प्रवेश गर्ने लक्ष्य लिएको थियो । उसले सन् २०१५ मा अंग्रेजी समाचार एप ‘बज’बाट पहिलो अन्तर्राष्ट्रिय उत्पादन शुरु गरेको थियो ।

मात्र १० महिनाको अवधिमा कम्पनीले लस एन्जलिसको भिडियो स्टार्टअप फ्लिपग्रामलाई किन्यो, डाउयिनको विदेशी भर्सन टिकटक रिलिज गरयो र ८० करोड डलरमा अमेरिका र पश्चिमा देशमा लोकप्रिय म्युजिकल.लीलाई किन्यो ।

फ्लिपग्रामलाई अहिले भिगो भनेर चिनिन्छ भने म्युजिकल।लीका प्रयोगकर्ताहरु टिकटकमा समावेश भइसकेका छन् ।

टिकटकको लोकप्रियताले एप्पलका सिइओ टिम कुकको समेत ध्यान तान्न सफल रह्यो । गत हप्ता उनी बाइटडान्सको हेडक्वाटर्समा नै पुगेका थिए ।

यो स्टार्ट अपको लोकप्रियतासँगै चिनियाँ सरकारको ध्यानाकर्षित भएको छ ।

फेसबुक र ट्वीटर जस्तै बाइटडान्स पनि फेक न्युज र अनुचित कन्टेन्टको समस्याबाट जुझीरहेको छ ।

गत वर्ष सरकारी अधिकारीहरुले अनुचित कन्टेन्टको कारण देखाउँदै २४ घण्टा टाउटियाओलाई बन्द गरेको थियो ।

त्यस्तै, बाइटडान्सको नेइहान डुआन्झी नामक एपलाई अश्लिल सामाग्री तथा अनुचित समाजिक राय प्रस्तुत गरेको भन्दै पूर्णकालिन रुपमा बन्द गरिएको थियो ।