Newslaya Home

दशैंमा अत्याधिक यात्रु बोकेर धरान हिडेको बस पथरीमा पल्टियो, ४० बढी घाइते

आइतबार ०४, कार्तिक २०७५

पथरीशनिश्चरे । धरानको लागि हिडेको नागरिक यातायातको बस मोरंगको पथरीमा दुर्घटनाग्रस्त भएको छ । 
बस सडकमा पल्टिएको हो । 

आइतबार १२ बजे पूर्वबाट धरान जाँदै गरेको को १ ख ४५१७ नम्बरको बसले नम्बर नखुलेको कारलाई जोगाउने हुँदा बस पल्टिएको हो । पथरीशनिश्चरे–१, स्थित ट्राफिक प्रहरी कार्यालय देखि ५ सय मिटर पूर्व घटना भएको हो ।

बस अनियन्त्रीत भई सडकको उत्तर पट्टि पल्टिएको थियो । दशैंको समयमा क्षमता भन्दा बढी यात्रु बोकेकोकारण बस अनियन्त्रित भएको बताइएको छ । 

बसमा ५० भन्दा बढी सवार भएको घटनामा घाइते हेमकुमारी थापा खड्काले बताइन् ।

केही घाइतेहरुको पथरी हस्पिटलमा उपचार भैरहेको छ । केही सामान्य उपचार पछि घर फर्केका  छन् ।