Newslaya Home

​सरकारी कार्यालय आजबाट खुल्दै, टीका लगाउने क्रम अझै

आइतबार ०४, कार्तिक २०७५

काठमाडौं । दशैंको अवधिभर बन्द रहेका सरकारी कार्यालयहरु आजदेखि खुल्दैछन् ।

अघिल्लो वर्षसम्म द्वादशीको दिन पनि विदा हुने गर्दथ्यो । 

तर सरकारले यो वर्षदेखि घटस्थापना र द्वादशीको विदा कटौती गरेपछि फूलपातिको दिनदेखि बन्द रहेका सरकारी कार्यालयहरु आजबाट सुचालु हुन लागेका हुन् । 

यता विजयादशमीको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिंदैछ ।

विजयादशमीको टीका लगाउन नपाएका वा नभ्याएकाहरुले आज पनि मान्यजनको हातबाट टीका, जमरा र आशिर्वाद लिंदैछन् ।

कोजाग्रत पूर्णिमाको दिनसम्मै आफ्ना कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउने परम्परा छ ।