Newslaya Home

​यसवर्ष कङ्कालनीमा ६३२ राँगा र २० हजार बोकाको बली

आइतबार ०४, कार्तिक २०७५

राजविराज । सप्तरीको भारदहस्थित कङ्कालनी भगवती मन्दिरमा यो वर्ष बडादशैँको अवसरमा २० हजार बढी चौपायाको बली दिइएको छ । महानमवीका दिन ६३२ वटा राँगा र २० हजार बढी बोकाको बली दिइएको हो ।

भारदह गाउँमा अवस्थित उक्त मन्दिरमा प्रत्येक वर्ष महानमवीका दिन राँगा, खसीबोका र परेवाको बलि दिने गरिएको छ । गत वर्ष पनि उक्त मन्दिरमा ४९३ राँगाको बली दिइएकोमा यस वर्ष ६३२ राँगाको बली दिइएको हो । यस्तै करीब २० हजारको सङ्ख्यामा खसीबोकाको बलि दिइएको छ ।

उक्त मन्दिरमा नेपालका साथै भारतका विभिन्न ठाउँबाट लाखौँको सङ्ख्यामा दर्शनार्थीको भीड लागेको थियो । त्यस्तै सप्तरीकै प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरमा पनि घटस्थापनादेखि महानवमीसम्ममा करीब १५ हजार खसी¬बोकाको बलि दिइएको छ ।

1 प्रतिकृयाहरू प्राप्त
  • Rabindra mandalलेख्नुहुन्छ
  • |
  • बुधबार ०७, कार्तिक २०७५ ०४:४६
Hi friends