Newslaya Home

बलात्कारीलाई फाँसी माग्दै युवतीहरुले भने, ‘सरकारले नसके जनताले कानुन बनाउँछन्’

शनिबार ०३, कार्तिक २०७५

इटहरी । बलात्कारीलाई फाँसी दिनुपर्ने माग गर्दै इटहरीमा प्रदर्शन गरिएको छ । 

महिला हिंसाविरुद्ध सक्रिय युवाहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले विरोध सभा र र्याली गरेका थिए । र्यालीले इटहरी नगर परिक्रमा गरेको थियो । 

कार्यक्रममा महिला अधिकारकर्मी सरु सुनार, विराटनगरका पूर्व मेयर प्रल्हाद शाह, अधिकारकर्मी किशोरी जस्मीन ओझा लगायतले बोलेका थिए । 

कार्यक्रममा बोल्दै सहभागिहरुले बलात्कारीलाई फाँसी दिन माग गरेका थिए । ‘एउटा गैंडाको सिङ हराउँदा हेलिकप्टर लिएर खोज्न जाने तर संविधानको पाना हराउँदा महिलाको अस्मीता लुटिँदा हामी के लिएर खोज्न जाने ?’ कार्यक्रममा बोल्दै ओझाले भनिन्, ‘अब कानुन सरकारले मात्र होइन, जनताले पनि बनाउन पाउनुपर्छ ।’

पछिल्लो केही समय बलात्कारीलाई फाँसी दिनुपर्ने माग देशव्यापी रुपमा उठेको छ । सामाजिक सञ्जालदेखि संसदमासमेत माग उठेपनि कानुनै बनाउने पक्षमा भने सरकार देखिएको छैन ।

1 प्रतिकृयाहरू प्राप्त
  • प्रहलाद शाहलेख्नुहुन्छ
  • |
  • आइतबार ०४, कार्तिक २०७५ १०:५९
सरकारबाट पालित पोशित संरक्षीतलाइ फासीको सजाय कसरी दिलाउन सक्छ सरकार ?