Newslaya Home

​जापान र युरोपको रकेट बुध ग्रहका लागि उड्यो

शनिबार ०३, कार्तिक २०७५

काठमाडौं । बुध ग्रहको अनुसन्धानका लागि जापान तथा युरोपले शनिबार आफ्नो रकेट पठाएका छन् । उनीहरुले बेपी कोलोम्बो नामबाट निर्माण गरिएको रकेट दक्षिण अमेरिकाबाट बुध ग्रहका लागि प्रक्षेपण गरेका हुन् ।

बुध ग्रहमा पुग्नका लागि यो रकेटका लागि ७ वर्ष लाग्नेछ । वैज्ञानिकहरुले सौर्य मण्डलको उत्पत्तिको सिद्धान्त बुध ग्रहमा किन मिल्दैन भन्ने प्रश्नको उत्तर पनि यो मिसनले दिने बताएका छन् । 

अहिलेको रकेटले बुधको विषयमा धेरै विवरणहरु पठाउनसक्ने बताइएको छ । यो ग्रह सूर्यबाट केवल पाँच करोड ८० लाख किलोमिटर टाढा रहेको छ । यो योजनाका लागि करिब १ अर्ब ६५ करोड युरो बराबरको रकम लगानी गरिएको छ ।