बालबालिकासंग दशै मनाए उर्लाबारीका मेयरले

Newslaya Home

बालबालिकासंग दशै मनाए उर्लाबारीका मेयरले

शुक्रबार ०२, कार्तिक २०७५

उर्लाबारी । बाल गृहमा आश्रित ४६ जना बालबालिकालाई उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोले टीका र जमरा लगाइदिएका छन् । गृहमा रहेका बालबलिकामा पनि विजयादशमीको उत्साह ल्याउन टीका लगाइदिएको नगर प्रमुख फागोले बताए । विसं २०५९ सालमा स्थापना भएको सो गृहमा देशका विभिन्न जिल्लाका ४६ जना बालबालिका आश्रित रहेको अध्यक्ष मिनादेवी बरालले जानकारी दिइन् । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित नमूना बाल गृहमा आश्रित बालबलिकाले दशै मनाउन पाएकोमा खुसी व्यक्त गरेका छन् ।