Newslaya Home

ग्यास सिलिण्डर विस्फोट हुँदा एकको मृत्यु

शुक्रबार ०२, कार्तिक २०७५

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका-४ पुरानो बसपार्कमा ग्यास सिलिण्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दिउँसो ३ बजे ग्यास सिलिण्डर विस्फोट हुँदा ४७ वर्षीय प्रमोद साहको मृत्यु भएको छ । विस्फोटमा दुई जनासमेत घाइते भएको जनाइएको छ । घाइतेहरुको उपचार भैरहेको छ । सो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।