Newslaya Home

डोल्पाको त्रिपुराकोटमा दशमीको दिन रातीदेखि मात्र टिका लगाउन सुरु, यस्तो छ कारण

शुक्रबार ०२, कार्तिक २०७५

डोल्पा । डोल्पाको त्रिपुराकोटमा दशैँको टीका जमराको आफ्नै तरिका र साइत रहेको छ । यहाँ परापूर्वकालदेखि नै आफ्नै साइतअनुसार दशैंको टीका लगाउने प्रचलन छ ।

प्रसिद्ध शक्तिपीठ त्रिपुरा सुन्दरी मन्दिरमा बेलुकाको नित्य पूजापाठपछि मात्रै सबैले घर घरमा टीका जमरा लगाउन सुरु गर्छन् । 

पूजारी देवीकृष्ण उपाध्यायका अनुसार मन्दिरमा नित्य पूजाआजाका लागि दशमीको दिन बिहानै प्रत्येक घरबाट जमरा टीका चढाइन्छ । पूजाआजाका लागि आएका ब्राह्मण र पूजारीबीच एक अर्कामा जमरा टीका लगाएर बिदाइ गरेपछि मात्र सबैले आ–आफ्नो घरमा शुरु गर्ने प्रचलन छ ।

ज्योतिषका अनुसार आज बिहान ९ बजेर ५१ मिनेटमा देशैभर टीकाको उत्तम साइत भए पनि त्रिपुराकोटमा भने आज रातिदेखि मात्र जमरा टीका लगाउन शुरु हुने गर्छ ।