Newslaya Home

आज विजया दशमी : टिकाको साइत ९ः५१ मा

शुक्रबार ०२, कार्तिक २०७५

काठमाडौँ । आज देशभरी विजयादशमी पर्व मनाइँदैछ । दशैंका १० दिनमध्ये सबैभन्दा महत्वपूर्ण मानिन्छ । शुक्रबारको विजया दशमीको टीका लगाउन बिहान ९ बजेर ५१ मिनेटको साइत जुरेको छ । 

त्यसका बाबजुद दशैँ अवधिभरि जुनसुकै बेला मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिन साइत आवश्यक नहुने पञ्चांग निर्णायक समितिले जनाएको छ । 
दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक यही दिन विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइन्छ ।