Newslaya Home

​५५ वर्षको उमेरमा हत्या गरेको आरोप लागेका व्यक्ति ७५ वर्षको हुँदा समातिए

शुक्रबार २६, असोज २०७५

सप्तरी । हत्याको आरोपमा २० वर्षपछि सप्तरीमा ७५ वर्षीय पञ्चु मण्डल समातिएका छन् । घटनाको १९ वर्ष पाँच महीनापछि खड्ग नगरपालिका–११ बनौलीका मण्डल समातिएका हुन् । 

इलाका प्रहरी कार्यालय कल्याणपुरका अनुसार मण्डलमाथि उनका छिमेकी जदु मण्डललाई ०५६ वैशाख २९ गते हत्या गरेको आरोप छ । 

मृतक जदु र आरोपित पञ्चुका श्रीमतीबीच भएको विवादपछि उनीहरुबीच भएको झगडामा आरोपित पञ्चुले घाँटी थिचेर पेटमा प्रहार गर्दा जदुको मृत्यु भएको मृतककी श्रीमतीले बताएकी छिन् । आरोपितले भने आरोप अस्वीकार गर्दै आएका छन् ।