Newslaya Home

बाँदरले पिसाब फेरिदिँदा बाँचे २९ जना

शुक्रबार २६, असोज २०७५

एजेन्सी । बैङ्गलोरमा एक बादरले २९ जनाको ज्यान जोगाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बैङ्गलोरको श्रीरंगापट्टनममा रहेको कावेरी नदी किनारमा एउटा रुख मुनि परिवारले धार्मिक अनुष्ठानको कार्यक्रम आयोजना गरेको थियो । सो धार्मिक अनुष्ठानमा एकै परिवारका ३० सदस्य सहभागि थिए । 

बाँदरले मुत्र विसर्जन गरिदिँदा अनुष्ठानमा सहभागिहरु आक्रोशित भए । सबैले गाली समेत गरे । शुद्ध हुन नदीमा नुहाउन समेत गए । परिवारका सदस्यहरु नुहाउन गएता पनि सदस्य बाहेकका तीन जना भने सो रुख मुनि नै बसिरहे। केही समयमै रुख पल्टियो र तीन जना मध्ये एकको घटना स्थलमै मृत्यु भयो । दुई जना गम्भिर घाइते भए । 

बाँदरले पिसाब नफेरिदिएको भए कोही पनि नुहाउन नजाने र रुखले किचेर मर्ने चर्चा गरिएको छ ।