Newslaya Home

सिन्धुलीमा बस खस्दा मृत्यु हुनेको संख्या ३ जना पुग्यो

शुक्रबार २६, असोज २०७५

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका ५ मूलकोटमा बस दुर्घटना हुँदा मृत्यु हुनेको सख्या तीन पुगेको छ भने चार जना घाइते भएका छन् ।

सिन्धुलीबाट काठमाडौं जाँदै गरेको ना ६ ख ९१२ नम्बरको बस सडकबाट ५ सय मिटर तल सुनकोशी नदीमा खसेको थियो ।

दुर्घटना परि सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ८ का २८ वर्षीय रवि खड्काको घटनास्थलमा नै मृत्यु भएको थियो । त्यस्तै बस चालक सिन्धुली मरिण गाउँपालिका ७ का २८ वर्षका राजकुमार लामा र सोही ठाउँमा २३ वर्षका अमित लामाको धुलिखेल अपतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । तिब्र गतिमा गुडेको बस अनियन्त्रित भइ खसेको प्रहरीको भनाइ छ ।