Newslaya Home

धरान आउदै नेपथ्य

शुक्रबार २६, असोज २०७५

धरान । सांगितिक क्षेत्रमा मौलिक पहिचान बनाउन सफल नेपथ्य ग्रुपको सांगितिक प्रस्तुतीमा १५ वर्षपछि धरानेहरु रमाउन पाउने भएका छन् । 

मंगोलियन कफि र वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरुको संस्था परिक्रमा विद्यार्थी परिवारको संयुक्त आयोजनामा मंसिर ७ गते धरान स्थित रंगशालामा कार्यक्रम हुन गईरहेको छ । स्वास्थ्य र शिक्षा क्षेत्रको सहयोगार्थ सांगितिक कार्यक्रम आयोजना गर्न लागिएको मंगोलियक कफिका संचालक पुर्ण राईले बताए ।
 
२५ वर्षको पुगेको रजत जयन्तीको अवसरमा नेपथ्यले परिक्रमा विद्यार्थी परिवारलाई रिसर्च सेन्टर निर्माणका लागि सहयोगार्थ कार्यक्रम आयोजना गरिएको परिक्रमाका अध्यक्ष सागर पन्थीले बताए । 

उनका अनुसार स्वास्थ्य क्षेत्रमा परिक्रमा र शिक्षाको क्षेत्रमा धरान रनको एजुकेशनल फण्डलाई सहयोग गर्ने भएको छ । ५५ लाख रुपैयाको कुल लागत अनुमान गरिएको कार्यक्रमका लागि टिकट दर १ हजार तोकिएको छ भने विद्यार्थीहरुका लागि २५ प्रतिशत छुट गरिएको आयोजकले जनाएको छ ।