पाँचथरमा खोलाले बगाएर एकको मृत्यु

पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–२ स्थित धिमाले भन्ने स्थानमा खोलाले बगाएर बिहीबार एक जनाको मृत्यु भएको छ ।
ईवा खोलामा साथीहरुसंग पौडी खेल्न गएका हिलिहाङ गाउँपालिका–५ २० वर्षीय जुगल सुहाङको खोलाले बगाएर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार शवको आवश्यक कानूनी प्रकृया पूरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाइएको छ ।