Newslaya Home

​हेल्पिङ युथ इटहरी र भारत गभर्मेन्ट ट्रमा सेन्टर राजस्थानबीच छलफल सम्पन्न

शुक्रबार २६, असोज २०७५

काठमाण्डौ । हाल विश्वमानै सबैभन्दा बढी मानिसको मृत्यु सडक दुर्घटनामा हुने गरेको तथ्य सार्वजनिक भए संगै नेपाल तथा भारतको उच्चस्तरीय बिशेषज्ञ बैठक भारतको राजस्थान राज्यमा सम्पन्न भएको छ ।

सडक सुरक्षा सम्बन्धी काम गर्ने संस्था हेल्पिङ युथ इटहरी नेपाल र भारत गभर्मेन्ट ट्रमा सेन्टरको सहकार्यमा १ दिने नेपाल भारत छलफल कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम गभर्मेन्ट ट्रमा सेन्टर राजस्थानका प्रमुख डाक्टर एल. के. गौरी को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रम नेपाल र भारतमा सडक सुरक्षा कस्तो छ ? यसलाई कसरी ब्यवस्थापन गरिरहेको छ ? र अब सडक सुरक्षा लाई कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्ने बिषयमा छलफल  भएको थियो । 

साथै ट्रमा सेन्टर बिकानेरका निर्देशक डाक्टर बि. एल. खजोटियाले इटहरीमा ट्रमा सेन्टर स्थापना गर्न तयार रहेको बताएका छन । 

उक्त कार्यक्रममा नेपालबाट हेल्पिङ युथका प्रतिनिधि बिकल पौडेल र अतित गुरागाइ सहभागि भएका थिए भने भारतका विभिन्न प्रतिष्ठित ब्यक्तिहरूको उपस्थिति रहेको  थियो ।

कार्यक्रममा नेपालबाट गएका पाहुनालाई राजस्थानी पगरी लगाएर स्वागत सम्मान गरिएको थियो ।