Newslaya Home

​सुन तोलाको ६० हजार रुपैयाँमा कारोबार

शुक्रबार २६, असोज २०७५

  काठमाडौं ।  सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । शुक्रबार सुन तोलाको ६० हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार तोलाको ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा ७ सय रुपैयाँ बढेको हो । 

अन्तराष्ट्रिय बजारमा नै सुनको भाउ बढेको तथा डलर महंगो भएसँगै भारतीय मुद्रा कमजोर भएका कारण सुनको भाउ बढ्दै गएको महासंघले जनाएको छ ।