Newslaya Home

​भोजपुरमा ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु

शुक्रबार २६, असोज २०७५

भोजपुर ।  टेम्केमैयङु गाउँपालिका–९ मा ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु भएको छ । 

को २ त ४६१८ नं को ट्याक्टरबाट खसेर खोटाङको खोटेहाङ गाँउपालिका–२ की ३२ वर्षीया निङल्हामु शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

पाँचधारेबाट किराना पसलको सामान लिएर घरतर्फ जाँदै गर्दा ट्याक्टरबाट खसेर शेर्पाको  मृत्यु भएको हो । ट्र्याक्टर चालकलाई प्रहरी चौकी पाँचधारेले नियन्त्रणमा लिएको छ ।