Newslaya Home

मोरङमा पोखरीमा डुबेर एक जनाको मृत्यु

शुक्रबार २६, असोज २०७५

मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका–६ स्थित झपड टोलमा बिहिबार पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
 
मादक पदार्थ सेवन गरी नजिकै रहेको पोखरीमा माछा मार्ने क्रममा डुबेर स्थानिय ५५ वर्षीय शिव कुमार तामाङको मृत्यु भएको हो ।
 
इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार घटनास्थलमा कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि अस्पताल पठाइएको छ ।