Newslaya Home

​चलचित्र ‘ए मेरो हजुर ३’ को पोस्टर सार्वजनिक

शुक्रबार २६, असोज २०७५

काठमाडौं । चलचित्र ‘ए मेरो हजुर ३’ को पोस्टर सार्वजनिक भएको छ। चलचित्रको पोस्टरमा अभिनेत्री  झरना थापाकी छोरी सुहाना थापा र अभिनेता अनमोल केसीलाई देखाइएको छ ।

यो चलचित्र म्युजिकल्ली लभ स्टोरीमा रहेको पोस्टरले देखाएको छ। अभिनेता अनमोल केसी गिटार बजाउँदै छन् भने नव नायिका सुहाना गीत सुन्न मस्त भएकी छन्।