Newslaya Home

​घाँटी रेटेर महिलाको हत्या

शुक्रबार २६, असोज २०७५

काठमाडौं । सल्यानमा घाँटी रेटेर एक महिलाको हत्या भएको छ।

सल्यानको सारदा नगरपालिका–८, सिमखर्ककी करिब ५५ वर्षीया केवली नेपालीको सुतेकै ठाउँमा हत्या भएको प्रहरीले जनाएको छ ।

बिहीबार राति आफ्नै घरमा सुतेकी केवली शुक्रबार बिहान ओछ्यानमै मृत अवस्थामा फेला परेकी थिइन् । जिल्ला प्रहरी कर्याालय सल्यानका अनुसार ढोका खोली हेर्दा चक्कुले घाँटी रेटेको अवस्थामा उनको शव भेटिएको थियो।

घटना सम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।