Newslaya Home

​बेतना सिमसार क्षेत्रमा ट्रकले ठक्करबाट दुई जनाको मृत्यु

शुक्रबार २६, असोज २०७५

मोरङ । मोरङको बेलबारीस्थित बेतना सिमसार क्षेत्रमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ।

बिहिबार साँझ पूर्वबाट पश्चिम आउँदै गरेको ना ५ ख १९२० नम्बरको ट्रकले विपरीत दिशातिर गइरहेको को १२ प ९६८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बर्णबहादुर राई र मनकुमार राईको मृत्यु भएको प्रदेश एक टाफिक प्रहरी कार्यलय इटहरीका एसपी रवि पौडेलले जानकारी दिए।

पौडेलका अनुसार दुर्घटनामा घाइते भएका दुवै जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।