Newslaya Home

​नेपाल आइडलको यो गीतभर किन रोइन् निर्णायक इन्दिरा जोशी ?

शुक्रबार २६, असोज २०७५

इटहरी । नेपाल आइडलको शुक्रबार प्रशारित १९ औं भागमा निर्णायक अमित बरालले गाएको एउटा गीतमा निर्णायक इन्दिरा जोशी रोएकी छिन् । 

उनीमात्र होइन, अर्का निर्णायक न्यूह बज्राचार्यले पनि आँशु पुछे । 

त्यो गीत थियो ‘पंक्षी फर्केर स्वदेश आऊ’ बोलको गीत । विदेशीएका नेपालीहरुलाई स्वदेश फर्कन आह्वान गरिएको यो गीतले निर्णायकमात्र होइन, दर्शकलाईसमेत रुवाएको थियो ।

गीत सुरु भएलगत्तैदेखि इन्दिरा रुन थालेकी थिइन् र गीत नसकिउन्जेल रोइरहिन् । 

उनले गीत प्रस्तुती भइरहँदा उनले आफ्नो विदेशीएको भाईलाई सम्झिएको बताइन् । ‘उसले ब्याग लिएर मन्चमा राखेर गीत सुरु गर्दा उसको याद आयो,’ उनले भनिन् ।

वास्तवमा यता गीत गाउने प्रतिष्पर्धी अमित पनि विदेशीनै लागेका थिए । तर नेपाल आइडलको अडिसनमा उनी सहभागि भए र उनी टप टेनमा पर्न सफल छन् । उनीसँगै बिक्रम बराल पनि विदेश जाने सोँच बनाइसकेका प्रतिष्पर्धी अहिले टप टेनमा परेका छन् ।

प्रस्तुतीपछि प्रतिक्रिया दिँदै निर्णायक बज्राचार्यले निर्णायक भएर मात्रै आँशु रोकिएको बताए । उनले प्रतिक्रिया दिइरहँदा पनि निकै भावुक बनेका थिए ।