Newslaya Home

​श्रीलंकाका पूर्वकप्तान मालिंगामाथि लाग्यो बलात्कारको आरोप

शुक्रबार २६, असोज २०७५

काठमाडौं । श्रीलंकाका पूर्वकप्तान एवं मन्त्री अर्जुन रणतुंगापछि अब लासिथ मालिंगामाथि बलात्कारको आरोप लागेको छ ।

श्रीलंकाली बलर मालिंगामाथि भारतीय प्लेब्याक सिंगर चिनमयी श्रीपदाले आरोप लगाएकी हुन् । तर, यो विषय भने श्रीपदासँग जोडिएको छैन । उनले एक अपरिचित युवतीबारे बताएकी जनाइएको छ ।


यो आरोपबारे मालिंगाले कुनै प्रतिक्रिया दिएका छैनन् । तर, श्रीपदाको ट्वीट भाइरल भएको छ ।