Newslaya Home

​भ्रष्टाचार गरेको आरोपमा झापा मालपोतका अधिकृतसहित तीन पक्राउ

शुक्रबार २६, असोज २०७५

काठमाडौं । जग्गा किर्ते गरेर भ्रष्टाचार गरेको आरोपमा झापा मालपोत कार्यालयका अधिकृतसहित तीनजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । 

अख्तियारको विशेष टोलीले झापा दमकको मालपोत कार्यालयका अधिकृत अग्नि घिमिरे, नायव सुब्बा  डिल्ली कोइराला र जयन्द्रराज खड्का पक्राउ गरेको हो । 

बिहीबार पक्राउ परेका तीनै जनामाथि अख्तियारको टोलीले अनुसन्धान सुरु गरेको छ।