Newslaya Home

काश्मिरमा गोली हानाहान हुँदा दुई आतङ्ककारीको मृत्यु

बिहीबार २५, असोज २०७५

श्रीनगर । भारत नियन्त्रित काश्मिरको अशान्त क्षेत्रमा बिहीबार सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएको गोली हानाहानमा परी दुई जनाको मृत्यु भएको जनाइएको छ ।  

मारिएकाको पहिचान अझै नखुलेको भए पनि उनीहरु हतियारधारी आतङ्ककारीहरु नै रहेको बताइएको छ । 

स्थानीय समयानुसार बिहीबार बिहान २ बजे भारत नियन्त्रित शहर श्रीनगरबाट ८० किलोमिटर उत्तरपश्चिममा रहेको कुपवारा जिल्लाको हान्दवारा गाउँमा उक्त झडप भएको थियो । 

उक्त झपडमा सुरक्षा अधिकारीहरुतर्फ भने कुनै क्षति नभएको जनाइएको छ ।