Newslaya Home

​कलाकार बोगटीको आज पशुपति आर्यघाटमा अन्त्येष्टी

बिहीबार २५, असोज २०७५

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको आज (बिहीबार) पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।

उनलाई श्रद्धाञ्जलि दिनका लागि तुलसी घिमिरे, शोभित बस्नेत, रमेश उप्रेती लगायतका कलाकारको उपस्थित रहेको थियो ।

बोगटीको असोज २३ गते निधन भएको हो । टिकाथलीको घर नजिकै रुख काटेको हेर्न गएका बोगटीको रुखसँगै ढलेको पोलले लागेर मृत्यु भएको थियो ।

पोलले लागेर घाइते भएका बोगटीलाई उपचारको लागि अस्पताल ल्याउदै गर्दा बाटैमा मृत्यु भएको बताइएको छ ।