Newslaya Home

​इन्डोनेसियामा भूकम्प, तीन जनाको मृत्यु

बिहीबार २५, असोज २०७५

कार्ता । इन्डोनेसियामा फेरि शक्तिशाली भूकम्प गएको छ । तटीय क्षेत्रमा पर्ने जाभा र बाली द्वीपमा बिहीबार गएको ६ म्याग्नीच्युडको भूकम्पमा परी तीन जनाको मृत्यु भएको जनाइएको छ । 

इन्डोनेसियाका सरकारी अधिकारीले उक्त जानकारी दिएका प्राप्त समाचारमा जनाइएको छ । 

भूकम्पबाट पूर्वी जाभाको सुमेनेप जिल्लाका आवासीय भवनहरु भत्किएका र त्यसबाट तीन व्यक्तिको मृत्यु भएको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले बताएका छन् । 

इन्डोनेसियाको पालु शहरमा गत सेप्टेम्बर २८ मा ७.५ म्याग्नीच्युडको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीको कारण दुई हजार भन्दा बढीको ज्यान गएको थियो ।