Newslaya Home

भिरबाट लडेर दुई जनाको मृत्यु

बिहीबार २५, असोज २०७५

जाजरकोट । जाजरकोटमा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारेकोट गाउँपालिका–९ काप्तीका २७ वर्षीय लालबहादुर खड्का र बारेकोट गाउँपालिका ५ का ४१ वर्षीय हरिबहादुर सिंह रहेका छन् ।

बिहीबार घास काटिरहेको अवस्थामा लडेर खड्काको मृत्यु भएको हो । यस्तै, सिंहको स्थानीय जंगलमा घास काटेर घर फर्किदै गर्दा लडेर मृत्यु भएको सरस्वती मावि नायकवाडा सिलिगीचौरका शिक्षक घमण्ड शाहले जानकारी दिए ।