Newslaya Home

​ऋचा अभिनित चलचित्र ‘न यता न उता’को नयाँ गीत सार्वजनिक (भिडियोसहित)

बिहीबार २५, असोज २०७५

काठमाडौं । चलचित्र ‘न यता न उता’को नयाँ गीत सार्वजनिक भएको छ । 

निर्माण टिमले चलचित्रको प्रचारका लागि ‘चोलीको तुना सुर्के गाँठो’बोलको गीतको भिडियो सार्वजनिक गरेको हो ।

सार्वजनिक गीतको भिडियोमा समिर दीक्षित, ऋचा शर्मा, मिराज रोश, छुल्ठिम गुरुङलगायतका कलाकारको अभिनय देख्न सकिन्छ । एक नारायण भण्डारीको शब्द रहेको उक्त गीतमा गायक इसान, मिलन अमात्य, राजन सिवाकोटी र मिना सिंहको स्वर रहेको छ । 

फिल्मलाई बिशारद बस्नेत र मिराजले निर्देशन गरेका हुन् ।