Newslaya Home

पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प

बिहीबार २५, असोज २०७५

सिड्नी । पपुवा न्यु गिनीमा बिहीबार बिहानै ७.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ ।  उक्त भूकम्पपछि बिहीबार बिहान ९ बजे फेरी ६.२ म्याग्नीच्युडको अर्को शक्तिशाली परकम्प गएको बताइएको छ । 

पहिलो शक्तिशाली भूकम्प र पछिल्लो परकम्पपछि उद्धार कार्य थालिएको समाचारमा उल्लेख गरिएको छ ।

तर मानवीय क्षतिको बारेमा भने कुनै समाचार प्राप्त नभएको बताइएको छ । यस भूकम्पको जानकारी चिनियाँ भूकम्प केन्द्रले दिएको हो । पपुवा न्यु गिनीको पूर्वतर्फ रहको न्यु ब्रिटेन द्वीपनजिकै ८० किलोमिटर गहिराइमा सो भूकम्पको केन्द्रबिन्दु रहेको बताइएको छ ।

प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले सुनामीको चेतावनी दिएको भएपनि केही समयपछि सुनामीको खतरा नरहेको बताइएको छ ।