Newslaya Home

​बाल गायक प्रिन्सको दशैं गीत सार्वजनिक (भिडियोसहित)

बिहीबार २५, असोज २०७५

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैंको अवसरमा चितवनका बाल गायक प्रिन्स सिलवालकोे नयाँ गीत सार्वजनिक भएको छ । 

सार्वजनिक ‘दशै मनाउने हो’ बोलका गीतमा रमेश पाठकको शब्द र नरेन्द्र बियोगीको संगित रहेको छ । प्रिन्सलाई बाल गायिका दिप्सी भट्टले स्वरमा साथ दिएकी छिन् ।

गीतको भिडियोलाई बुद्ध लामाले निर्देशन गरेका हुन् भने दिपेन्द्र भट्टले खिचेका हुन् ।