Newslaya Home

​चलचित्र ‘चङ्गाचेट’ को गीत ‘गोजीमा दाम छैन’लाई एक करोड पटक हेरियो

बिहीबार २५, असोज २०७५

  काठमाण्डौ । चलचित्र ‘चङ्गाचेट’मा समावेश ‘गोजीमा दाम छैन’ बोलको गीतलाई युटुबमा एक करोड भन्दा बढी पटक हेरिएको छ । 

दिपेन्द्र के खनालको निर्देशन तथा माधव वाग्ले र शर्मिला पाण्डेको लगानीमा तयार भएको  यो गीतलाई सामाजिक संजालमा खुबै रुचाइएको छ ।

गीतमा हरिहर तिमिल्सिनाको शब्द, राजनराज सिवाकोटीको संगीत तथा राजन र मेलिना राइको स्वर रहेको छ । 

गीतको भिडियोमा मुख्य कलाकारहरु प्रियंका कार्की, आयुष्मान देशराज जोशी, रविन्द्र झा, सुरक्षा पन्त, परमिता आर एल राणा, सन्दिप क्षेत्रीले अभिनय गरेका छन् ।