Newslaya Home

​झापामा हतियार र लागूऔषधसहित दुई जना पक्राउ

बिहीबार २५, असोज २०७५

झापा । प्रहरीले काँकरभिट्टाबाट हतियार, विस्फोटक पदार्थ र लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीगर–६ का ३८ वर्षीय विशाल लिम्बू र अनुप उराउ रहेका छन् । 

उनीहरुलाई काकँरभिट्टा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ बाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

‘भारतीय डब्यूबी १७४२७००१ नं को बोलेरो गाडीमा जाँच गर्दा लागूऔषध भेटियो,’ बस्नेतले भने, ‘नियन्त्रणमा लिएकामध्ये लिम्बूमाथि शंका लागेपछि उनको घरमा जाँच गर्दा हतियार, विस्फोटक पदार्थसहित अन्य सामग्री फेला परेको हो ।’

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।